भाडामा दिने घरको प्रभावकारी व्यवस्थापन कसरी गर्ने?

भाडामा घर दिनु नियमित आम्दानीको राम्रो स्रोत हो। तर उचित व्यवस्थापन नभएमा विवाद र क्षतिको कारण पनि बन्न सक्छ।

१. स्पष्ट सम्झौता (Agreement)

भाडादारसँग लिखित सम्झौता गर्नु अत्यन्त आवश्यक हुन्छ। भाडा रकम, अवधि र नियम स्पष्ट हुनुपर्छ।

२. नियमित घर निरीक्षण

समय–समयमा घरको अवस्था जाँच गर्दा क्षति छिट्टै पत्ता लगाउन सकिन्छ।

३. मर्मत र हेरचाह

सानो समस्या समयमा समाधान गर्दा ठूलो खर्चबाट बच्न सकिन्छ।

४. राम्रो सम्बन्ध कायम राख्ने

घरधनी र भाडादारबीच राम्रो सम्बन्ध भएमा दीर्घकालीन रूपमा फाइदा हुन्छ।

सही भाडा व्यवस्थापनले घर सुरक्षित राख्नुका साथै स्थिर आम्दानी सुनिश्चित गर्छ। व्यवस्थित घर नै सफल भाडा व्यवसायको आधार हो।

घर किन्दा वा बेच्दा जान्नै पर्ने कुरा

घर किन्नु वा बेच्नु भावनात्मक मात्र होइन, कानुनी र आर्थिक रूपमा पनि संवेदनशील प्रक्रिया हो। सही जानकारी बिना गरिएको निर्णयले भविष्यमा समस्या निम्त्याउन सक्छ।

१. घर किन्दा ध्यान दिनुपर्ने कुरा

घर किन्दा लालपूर्जा, नक्सा पास, कर तिरेको रसिद र स्वामित्व स्पष्ट भएको कागजात जाँच गर्नु आवश्यक छ। साथै घरको संरचना र वरपरको वातावरण पनि हेर्नुपर्छ।

२. घर बेच्दा ध्यान दिनुपर्ने कुरा

घर बेच्दा सबै कागजात मिलेको, कर चुक्ता भएको र घर राम्रो अवस्थामा रहेको हुनुपर्छ। यसले छिटो र राम्रो मूल्य पाउन मद्दत गर्छ।

३. बजार मूल्यको सही मूल्याङ्कन

घरको स्थान, पहुँच, संरचना र सुविधाका आधारमा मूल्य निर्धारण गर्नु बुद्धिमानी हुन्छ।

घर किन्न वा बेच्न सही जानकारी र भरोसायोग्य रियल एस्टेट कम्पनीको सहयोग लिनु सुरक्षित उपाय हो। यसले समय, पैसा र तनाव सबै बचाउँछ।

घर निर्माण गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू

घर निर्माण गर्नु जीवनको सबैभन्दा ठूलो लगानीमध्ये एक हो। सही योजना, गुणस्तरीय सामग्री र अनुभवी प्राविधिकको सहयोग बिना बनाइएको घर दीर्घकालीन रूपमा सुरक्षित हुँदैन। त्यसैले घर निर्माण गर्दा हरेक चरणमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ।

१. सही जग्गा छनोट

घर बनाउने जग्गा समथर, सुरक्षित र कानुनी रूपमा स्पष्ट हुनुपर्छ। बाढी, पहिरो र भूकम्पको जोखिम कम भएको स्थान छनोट गर्नु बुद्धिमानी हुन्छ।

२. नक्सा पास र कानुनी प्रक्रिया

घर निर्माण अघि सम्बन्धित निकायबाट नक्सा पास गराउनु अनिवार्य छ। यसले भविष्यमा कानुनी समस्या आउनबाट जोगाउँछ।

३. गुणस्तरीय निर्माण सामग्री

रड, सिमेन्ट, बालुवा र ढुंगाको गुणस्तरमा सम्झौता गर्नु हुँदैन। कमजोर सामग्रीले घरको आयु घटाउँछ।

४. अनुभवी इन्जिनियर र ठेकेदार

अनुभवी इन्जिनियर र ठेकेदारको निगरानीमा बनेको घर सुरक्षित, टिकाउ र भूकम्प प्रतिरोधी हुन्छ।

सही योजना र गुणस्तरीय निर्माणले घरलाई सुरक्षित र दीर्घकालीन बनाउँछ। घर निर्माणमा गरिने सानो लापरवाहीले ठूलो क्षति पुर्‍याउन सक्छ, त्यसैले सुरुबाटै सचेत रहनु आवश्यक छ।

घरको नियमित हेरचाह किन आवश्यक छ?

घर केवल बस्ने ठाउँ मात्र होइन, यो हाम्रो जीवनको सुरक्षा, आराम र भविष्यको लगानी पनि हो। राम्रोसँग हेरचाह नगरिएको घर समयसँगै कमजोर हुँदै जान्छ र ठूलो मर्मत खर्चको कारण बन्न सक्छ। त्यसैले घरको नियमित हेरचाह अत्यन्त आवश्यक हुन्छ।

१. घरको संरचनात्मक सुरक्षाका लागि

घरको छाना, पर्खाल, बीम र स्तम्भ (pillar) बलियो छन् कि छैनन् भन्ने कुरा समय–समयमा जाँच गर्नु जरुरी हुन्छ। साना चिरा वा पानी चुहावटलाई बेवास्ता गर्दा भविष्यमा ठूलो समस्या आउन सक्छ।

२. वर्षायाम र हिउँदमा हुने क्षतिबाट जोगिन

वर्षायाममा पानी चुहावट, भिज्ने पर्खाल र ढल जाम हुने सम्भावना हुन्छ। छानाको जाँच, ढल सफा राख्नु र वाटरप्रुफ सामग्री प्रयोग गर्दा घर सुरक्षित रहन्छ। हिउँदमा पाइप जम्ने समस्या पनि ध्यान दिनुपर्ने विषय हो।

३. घरको मूल्य वृद्धि गर्न

नियमित मर्मत, राम्रो रंगरोगन र सफा वातावरणले घरको सौन्दर्य बढाउँछ। राम्रोसँग हेरचाह गरिएको घरको बजार मूल्य पनि उच्च हुन्छ, जसले भविष्यमा बेच्दा वा भाडामा दिँदा फाइदा पुर्‍याउँछ।

४. परिवारको स्वास्थ्य र सुरक्षाका लागि

घरभित्रको सफाइ, हावापानीको राम्रो प्रवाह र बिजुली तथा ग्यास प्रणालीको जाँचले दुर्घटना र स्वास्थ्य समस्याबाट जोगाउँछ। सुरक्षित घर भनेकै स्वस्थ जीवनको आधार हो।

घरको हेरचाह कुनै एकपटक गर्ने काम होइन, यो निरन्तर प्रक्रिया हो। सानो ध्यान र नियमित मर्मतले घरलाई लामो समयसम्म सुरक्षित, आकर्षक र मूल्यवान बनाइराख्न सकिन्छ। त्यसैले आजैदेखि आफ्नो घरको हेरचाहमा ध्यान दिनुहोस्, किनभने सुरक्षित घर नै सुखी जीवनको आधार हो।

घरको वरिपरि ठुलो ठुलो रुखहरु किन राख्नु हुदैन ?

हाम्रो घर मा crack आउनुको एउटा मुख्य कारण घरको वरिपरि भएको रुखले गर्दा पनि हुने गर्छ| रुख को जरा घर को foundation मा पुग्न गइ जमिनमा भएको सबै moisture absorb गर्दिन्छ र यदि माटो shrinkable ( मलिलो माटो ) रैछ भने माटो खुम्चिन गइ foundation settle हुन्छ जसले गर्दा घरमा crack हरु आउछ | तर घर बनाएको धर्रै वर्ष हुदा नि त्यस्तो केहि समस्या दखिएको छैन भने रुख नकाट्दा राम्रो हुन्छ किन भने रुख कट्दा रुख ले पनि absorb गरेर माटो खुम्चिएर बसेको हुन्छ र जब हामी ले त्यस रुखलाई काट्छौ तेस्को जरा ल पनि पैला को जत्ति absorb गर्दैन र पानि जत्ति सबै माटो ले लिन गइ माटो फुलिनछ र घर को opposite मा upthrust लाग्न गइ घरमा crack ल्याऊछ त्यसैल घर बनाउनु आगाडी नै site clear गर्नु पर्छ | कुनै रुख छन् भने सबै रुख लाई जरै बाट निकालेर फाल्नु पर्छ |

घर बनि सके पछि पनि छतमा काैशी खेति गर्दा direct slab मा गर्नु हुदैन त्यसरी direct slab मा खेति गर्दा बोटबिरुवा को जरा ले chemical पैदा गरि slab लाई crack गराउछ र seepage को समस्या लाई पनि निम्ताउछ | कौसी खेति गर्दा बोटबिरुवा राख्ने ठाउँ लाई slab भन्दा हल्का माथि पारेर राख्नु पर्छ र त्यस ठाउँ को तलको surface लाई waterproofing गराउदा अझ राम्रो हुन्छ । ताकी पछि बोटबिरुवा मा पानि हाल्दा पोखिएको पनि ले पछि कुनै समस्या नल्यावस् |

घरमा बलियो ढलान कसरी गर्ने ? यी ७ सुझावहरु मनन गर्नुहोस्

काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? जीवनभर मिहेनत गरेर आर्जन गरेको कमाइले बनाउने घर पक्कै पनि बलियो र सुन्दर होस् भन्ने चाहनुभएको होला ।

घर बलियो र सुन्दर बन्न जग निर्माणदेखि फिनिसिङसम्म उत्तिकै ध्यान दिनुपर्छ । निर्माण सामाग्री गुणस्तरीय भएर मात्र हुँदैन, निर्माण कार्य पनि उत्तिकै अब्बल हुनुपर्छ ।

आधुनिक घरमा कंक्रिट ढलान गरिएको हुन्छ । कंक्रिट ढलान बलियो नभए घर बलियो हुँदैन ।

हामीले शहरी विकास तथा भवन निर्माण विभागले कंक्रिट ढलान गर्दा अपनाउनुपर्ने सातवटा महत्वपूर्ण पक्षबारे जानकारी गराउँदै छौं ।

१) कंक्रिट ढलान मिश्रण कार्य
क) ढलान कार्यको लागि कंक्रिट तयार गर्दा सिमेन्ट, बालुवा, गिट्टी, र पानीलाई तोकिएको अनुपातमा कंक्रिट मिक्स्चर मेसिनमा न्यूनतम दुई मिनेटसम्म मिश्रण गर्नुपर्छ ।

ख) राम्रोसँग मिश्रण नगर्दा कंक्रिटको क्षमता कमजोर हुन गई भूकम्पका बेला भवन भत्किन वा क्षति हुनसक्छ ।

ग) कंक्रिट मसला तयार गर्दा कंक्रिट ग्रेड अनुसार तालिका १ मा देखाइए अनुसार सिमेन्ट, बालुवा र गिट्टीको अनुपात मिलाउनुपर्छ ।

घ) कंक्रिट मिक्स्चर मेसिन प्रयोग गर्न नसकिने ठाउँमा हातले कंक्रिटको मिश्रण तयार गर्न सकिन्छ । यसरी कंक्रिटको मिश्रण तयार गर्दा १० प्रतिशतभन्दा बढि सिमेन्ट प्रयोग गर्नुपर्छ ।

२) पानी र सिमेन्टको अनुपात
क) कंक्रिट मिश्रणमा प्रयोग गरिने पानी र सिमेन्टको अनुपात कंक्रिटको क्षमताका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ ।

ख) मसला बनाउँदा पानीको मात्रा कम भएमा नमोलिने समस्या हुन्छ, बढी भएमा मोल्न र खन्याउन सजिलो भएता पनि क्षमता कमजोर हुन्छ । त्यसैले पानीको मात्रा प्राविधिकबाट तोकिएअनुसार भए/नभएको विषयमा ध्यान दिनुपर्दछ ।

ग) सामान्य कंक्रिट मिश्रण तयार गर्दा राख्नुपर्ने पानीको मात्रा तालिका १ मा उल्लेख गरिएको छ।

३) कंक्रिट ढलान, मसला राख्ने र खाँद्ने कार्य
क) ढलान कार्यको लागि जग, भित्ता, पिलर, बिम, स्ल्याब इत्यादिको फर्मामा कंक्रिट खनाउँदा १.५ मिटर (करिब ५ फिट) भन्दा माथिबाट खन्याउनु हुँदैन। यदि यसो गरेमा कंक्रिटबाट गिट्टी अलग भई कंक्रिटको भारवहन क्षमतामा कमी आउँछ ।

ख) ३० मिनेट भन्दा बढीको फरकमा कंक्रिट ढलान कार्य गर्नुपर्ने भएमा निर्माण जोर्नी राखेर मात्रै गर्नुपर्छ ।

ग) पुरानो कंक्रिट ढलान कार्यमा नया ढलान गर्नुपरेमा सिमेन्टको घोला राखेर मात्रै गर्नुपर्छ ।

घ) कंक्रिट खन्याउने वा राख्ने र खाँद्ने कार्य सुपरिवेक्षण परामर्शदाताको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ ।

ङ) कंक्रिट राखिसकेपछि ढलान गरिएको पूरै खण्डमा खाँद्ने कार्य गर्नुपर्दछ। फर्माको सबै कुनामा र फलामे डण्डीको वरिपरि मसला राम्मरी बस्ने गरी खाँद्नुपर्छ ।

च) खाँद्नका लागि भाइब्रेटर प्रयोग गर्नुपर्छ । बिम, पिलर र जगमा निडल भाइब्रेटर र कम मोटाइ भएका स्ल्याबमा सर्फेस भाइब्रेटर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

छ) भाइब्रेसन बढी भएमा मसलाबाट गिट्टी छुट्टिन सक्छ । त्यसैले आवश्यकतानुसार भाइब्रेसन गर्नुपर्छ ।

४) क्यूरिङ गर्ने कार्य
क) कंक्रिट ढलानपछि बाहिरी सतह भिजाइ राख्ने वा चिस्यान कायम राखिराख्ने कार्यलाई क्यूरिङ भनिन्छ । कम्तीमा १४ दिनसम्म कंक्रिटलाई क्यूरिङ गर्नुपर्छ ।

ख) ढलान गरिसकेपछि मसला बिस्तारै कडा हुदै जान्छ र मसला कडा हुन थालेपछि क्यूरिङ गर्नुपर्दछ । प्रायः ढलान गरेको २४ घन्टापछि क्यूरिङ गर्नुपर्छ ।

ग) समयमै बाहिरी सतहमा चिस्यान कायम नगरिएमा कंक्रिट ढलानको सतहमा चिरा पर्ने र गुणस्तरमा ह्रास आउन सक्छ ।

घ) कंक्रिट गरिएको भागको बाहिरी सतहलाई सुख्खा हुन नदिन जुटको बोराले छोप्नुपर्छ । हावाले नसुक्ने गरी चिस्यान कायम राख्न पटक–पटक पानी हाल्नुपर्छ ।

ङ) छत तथा भूइँमा पानी जमाएर र पिलर तथा सियर वालमा जुटको बोरा प्रयोग गरी चिस्यान कायम गर्नुपर्छ ।

५) कंक्रिट गरिएको सतह मर्मत गर्ने कार्य
क) फर्मा निकालिसकेपछि ढलान गरिएको सतहमा कुनै खराबी भए/नभएको सुपरिवेक्षण परामर्शदाताबाट निरीक्षण गराउनुपर्छ ।

ख) फर्मा निकालेपछि निरीक्षण गर्दा कंक्रिट सतहमा खाल्टो, हनिकम वा कुनाहरू चोइटिएको देखिएमा सिमेन्ट र बालुवाको मसला तयार गरी मर्मत गर्नुपर्छ ।

ग) निरीक्षणका क्रममा कंक्रिट सतह वा जोर्नीमा निकै ठूलो खाली भाग, प्वाल वा फलामे डण्डी समेत देखिएको छ भने विशेष मर्मत कार्य गर्नुपर्छ । यसका लागि सुपरिवेक्षण परामर्शदाताको प्राविधिक परामर्शमा इंजेक्शन ग्राउटिंग वा शटक्रेटिंगजस्ता उपाय अपनाउनुपर्छ ।

६) कंक्रिटको भारवहन क्षमता
क) कंक्रिटको भारवहन क्षमता भन्नाले कुनै चिरा देखा पर्नु अघि कंक्रिटले थिचाइ वा संकुचन थेग्न सक्ने अधिकतम भारवहन क्षमता भनी बुझ्न सकिन्छ ।

ख) भारवहन क्षमताले कुनै निश्चित सामग्री वा संरचनात्मक तत्वका भारहरू थेग्न सक्ने क्षमतालाई बुझाउँछ ।

ग) ढलान कार्यमा प्रयोग हुने कंक्रिटको भारवहन क्षमता कंक्रिट तयार गर्न प्रयोग गरिएको सिमेन्ट, बालुवा, गिट्टी र पानीको अनुपात, गुणस्तर, खँदिलोपना, क्यूरिडको अवधि इत्यादिमा भर पर्छ ।

घ) सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन, परियोजनाले संशोधन गरेको नयाँ भवन निर्माण कार्यविधि अनुसार भवनमा प्रयोग हुने कंक्रिटको क्षमता अनिवार्य परीक्षण गरिनुपर्छ । परीक्षणका लागि चाहिने कंक्रिटको नमुना १५ सिएएम इन्टु १५ सिएम इन्टु १५ सिएमको क्युबमा ढलान गर्ने दिन तयार गर्नुपर्छ । परीक्षण नमुना तयार गददिखि परीक्षण गर्ने समयसम्म क्षमता परीक्षण मापदण्ड अनुसार तयार गरी सुरक्षित राख्नुपर्छ ।

७) फर्मा खोल्ने कार्य
क) कंक्रिट जमिसकेपछि वा सेट भइसकेपछि कंक्रिट संरचनामा धक्का लाग्ने वा अन्य किसिमको क्षति नपुग्ने गरी सावधानीपूर्वक फर्मा खोल्नुपर्छ ।

ख) फर्मा खोल्दा पहिला कुन खण्डको फर्मा खोल्ने भन्ने कुरामा विचार गर्नुपर्छ ।

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!